अव स्थानीय तहमै मतदाता नामाावली संकलन, समयावधि पनि थपियो
३ साउन, काठमाडौं । फोटो सहितको मतदाता नामावली संकलन कार्य अव स्थानी तहवाटै हुने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै नामावली संकलनको समयावधि समेत थपिने भएको छ । यसअघि आयोगले जिल्ला सदरमुकाम स्थित निर्वाचन अधिकृतको कार्यालयवाट मात्रै मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गरेको थियो । उक्त निर्णयप्रति व्यापक आलोचना र राजनितिक दलहरुले पुर्नविचार गर्न आग्रह गरेपछि आयोग नयाँ निर्णयमा पुगेको हो ।
आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली स्थानीय तहवाटै संकलन गरी प्रभावकारी बनाउने निर्णय गरेको हो । यसैगरी जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा भने साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदाता नामावली संकलन सुरु गरिसकेको छ ।