करेन्टले रामेछापमा दुई जनाको ज्यान लियो

Tuesday, July 18th, 2017 |

साझावोली सम्वाददाता
३ श्रावण । रामेछाप । रामेछापमा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिका ५ की अन्दाजी ३५ वर्षिय रवती खड्का र ४५ वर्षकी शर्मिला खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमवार राती रोपाई सकेर फर्किने क्रममा बीच वाटोमा करेन्ट लाग्दा उनीहरु गम्भिर घाईते भएका थिए । उनीहरु दुबैलाई उपचारका लागि दोलखाको जिरी अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाईते भएकी भिमकुमारी खड्काको उपचार भैरहेको छ ।

भाारी बोकेर हिँड्दै गरेका उनीहरुलाई पोलमा चुँडिएर अड्कीएको विजलुीको तारबाट करेन्ट लागेको बताईएको छ । दुवै मृतकको शवलाई जिरी अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई वुझाईदैछ ।

VIEWS: 199