आयोगले जिल्ला निर्वाचन अधिकृतहरु तोक्यो, जिल्ला समन्वय समितिहरुले नेतृत्व पाउँदै

Tuesday, July 18th, 2017 |

३ श्रावण, काठमाण्डौँ । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु गरेपछि जिल्ला समन्वय समितिको नेतृत्वबारे देखिएको अन्यौल अन्त्य हुने भएको छ ।
आयोगले सोमबार पहिलो चरणमा निर्वाचन सकिएका जिल्लामा समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणका ३४ मध्ये ३१ जिल्लामा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । चितवन, नवलपरासी र रुकुममा निर्वाचन अधिकृत तोकिएको छैन ।
भरतपुर महानगरपालिकाको मतगणना विवाद नटुंगिएकाले चितवन तथा नवलपरासी र रुकुम जिल्ला टुक्रिएर दुइटा प्रदेशमा परेकाले त्यहाँ जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया अघि नबढेको आजको कान्तिपूर दैनिकमा समाचार छ ।

प्रमुख प्रतिपक्षी एमालेले जिल्ला समन्वय समितिको निर्वाचनमा भइरहेको ढिलाइप्रति सोमबार आयोगको ध्यानाकर्षण गराएको थियो ।

VIEWS: 164