अधिकार सम्पन्न जनजाति आयोगका लागि महासंघले दवाव सिर्जना गर्ने

Monday, July 17th, 2017 |

२ श्रावण । काठमाण्डौँ । नेपाल आदिवासि जनजाति महासंघले संसदमा विचारधिन विद्येयकहरु आदिवासि जनजाति मैत्री बनाउन दवाव सिर्जना गर्ने योजना बनाएको छ ।
संविधानमा व्यवस्था गरिएको आदिवासि जनजाति आयोगलाई अधिकारसम्पन्न बनाउन विद्येयक निर्माणमा संदन भित्र र वाहिर दुबैतर्फवाट हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने योजना महासंघले बनाएको हो । महाहसंघले जनजाति आयोगलाई पुर्ण सवैधानिक अधिकारसम्पन्न बनाउनुपर्ने माग गर्दै आएको छ । सोही विषय सम्वोधन गराउन महासंघले विद्येयक निर्माणमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्न जनजाति सांसदहरुलाई आग्रह गरेको छ ।

राजधानीमा सोमवार आयोजित कार्यक्रममा सहभागी जनजाति सांसदहरुले पनि विद्येयकलाई जनजाति मैत्री वनाउन सक्दो पहल गर्ने आसवासन दिएका छन् । महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले विद्येयक निर्माणमा सदन र वाहिर दुवै तर्फ बाट हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने रणनिति बनाईएको जानकारी दिए ।
यसैविच महासंघको आज बसेको बैठकले प्रदेश तथा संघको निर्वाचनबाट आदिवासि जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने, संविधान संशोधनका लागि निरन्तर दवाव दिने, विश्व आदिवासि दिवस भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ । महासंघका सचिव सुखबीर थामीका अनुसार स्थानीय तहको नयाँ संरचना अनुसार महासंघको संगठन विस्तार र प्रशिक्षण अभियान चलाउने निर्णय पनि भएको छ ।
महासंघ अन्तर्गत हाल जिल्ला स्तरमा मात्रै समन्वय परिषदहरु संचलानमा छन् ।

VIEWS: 210