जनजाति महासंघ आगामी रणनिति वनाउँदै
२ साउन । काठमाण्डौँ । नेपाल आदिवासि जनजाति महासंघले आगामी रणनिति बनाउन छलफल सुरु गरेको छ ।
आगामी रणनिति सहितको योजना, निति र कार्यक्रम वनाउन महासंघले सोमवार सबै जातिय संस्थाहरु, सम्बन्धन संगठनहरु र संघिय परिषद सदस्यहरुको विस्तारित बैठक वोलाएको छ । स्थानीय तहको निर्वाचनपछि महासंघले पहिलो पटक बैठक वोलाएर आगामी रणनिति बनाउन लागेको हो । महासंघ महासचिव नित्या नन्द ताजपुरियाका अनुसार बैठकमा विश्व आदिवासि दिवसको तयारी, स्थानीय तहमा संगठन संजाल विस्तार लगाएतका विषयमा विस्तृत छलफल हुँदैछ ।
यस्तै समकालिन राजनितिक परिवेश, अल्पसंख्यक समुदायवारे पछिल्लो सरकारी निर्णय बारे पनि वैठकमा गम्भिर छलफल हुनेछ । बैठकले विशेषगरी अहिलेको राजनितिक परिस्थितिको गम्भिर समिक्षा गरी महत्वपुर्ण निर्णय गर्ने महासंघ अध्यक्ष जगत बरामले जानकारी दिए ।
महासंघले स्थानीय तहमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष संरक्षित क्षेत्र र अल्पसंख्यक समुदायको सुचीकरणवारे सरकारी रवैया प्रति तिव्र असन्तुष्टि जनाउँदै आएको छ ।