दक्षिण कोरियामा कामदारको पारिश्रमिक वढ्यो

Sunday, July 16th, 2017 |

१ साउन, काठमाडौं । आकर्षक रोजगार गन्तव्य मानिएको दक्षिण कोरियामा २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६।६४ डलर पुग्ने भएको छ ।

मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण संयन्त्रले न्यूनतम ज्याला ७५२० वन पुर्याउने निर्णय गरेको हो । कोरीयाली संचारमाध्यमका अनुसार यो गत वर्षको भन्दा १६।४ प्रतिशत बढी हो । पारिश्रमिक वृद्धि भएपछि दक्षिण कोरियामा रहेका नेपाली कामदार समेत लाभान्वित हुनेछन् ।

हाल कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ६४७० वन छ। अब यो बढेर ७५३० वन पुग्नेछ । पारिश्रमिक निर्धारणबारे कामदार र व्यवस्थापनका प्रतिनिधिबीच केही महिना यता निरन्तर छलफल हुँदै आएको थियो । मजदुरका प्रतिनिधिले भने १० हजार बनाउनु पर्ने माग राख्दै आएका छन् । जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ ।

दक्षिण कोरियामा अगष्ट ५ मा नयाँ न्यूनतम तलब निर्धारण हुने गर्छ । मजदुर र व्यवपस्थापनबीच सहमति भएपनि त्यसमा आफ्नो धारणा राख्न सरकारलाई २० दिनुपर्ने हुन्छ ।

कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो ५ वर्षे कार्यकालको अन्त्य २०२२ सम्ममा न्यूनतम तलब १० हजार ओन पुर्‍याउने प्रतिवद्दता जनाईसकेका छन् ।

VIEWS: 146