मतदाता नामावलीमा नाम छुटेको छ ? आईतवारदेखि निर्वाचन कार्यालय जानुस्

Sunday, July 16th, 2017 |

१ साउन, काठमाडौं । निर्वाचन आयोगले आईतवारदेखि देशभर फोटो सहितको मतदाता नामावली संकलन पुनः सुरु गरेको छ ।
आयोगले जिल्ला सदरमुकाम स्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली पुनः अध्यावधिक गर्न सुरु गरेको हो । आगामी दुुई निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको आयोगले जनाएको छ । आईतवारबाट सुरु भएको मतदाता नामावली संकलन कार्य यही साउन १५ गतेसम्म चल्नेछ ।

मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिले नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा आफ्नो नाम समाबेश गर्न सक्नेछन् ।
यसअघि स्थानी स्तरमै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएपनि यो पटक जिल्ला निर्वाचन कार्यालयसम्म सर्वसाधरण नागरिकले धाउनुपर्ने भएको छ । यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् ।

तर गाउँ स्तरमै मतदाता नामावली संकलनको व्यवस्था नगर्दा सर्वसाधरणलाई समस्या हुने भन्दै आयोगको आलोचना भएको छ । राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्ने समय १ महिना पुर्याउन र स्थानीय स्तरवाटै दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।

VIEWS: 114