दुई दर्जन संचारकर्मीलाई संरक्षण र वातावरण पत्रकारिता तालिम

Saturday, July 15th, 2017 |

साझावोली सम्वाददाता

३१ असार । दोलखा । दोलखा सदरमुकाम चरिकोटमा संरक्षण र वातावरण विषययक पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजना र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको सहयोगमा तालिम सम्पन्न भएको हो ।

आम संचारमाध्याममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पत्रकारिताको विभिन्न विद्यामा तालिम संचालन गर्दै आएको महासंघ शाखाले यो पटक संरक्षण र वातावरण पत्रकारितावारे पनि तालिम गर्यो ।

तालिम उद्घाटनमा वोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवि मास्केले वातावरण संरक्षणमा संचारकर्मीको भुमिका महत्वपूर्ण हुने वताए । रेडियो, पत्रपत्रिका र अनलाईन संचारमाध्यमका करिव दुई दर्जन संचारकर्मी सहभागि तालिममा राजधानी राष्टिय दैनिकका सविन शर्मा, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख, सत्यनारायण शाह, शंकरमान थामी लगाएतले प्रशिक्षण दिएका थिए ।

VIEWS: 134