प्रत्येक स्थानीय तहलाई आयो ४८ लाखको अख्तियारी, दोलखालाई ४ करोड ३२ लाख

Friday, July 7th, 2017 |

२३ असार । काठमाण्डौँ । अर्थ मन्त्रालयले चालु खर्च अन्तर्गत सवै स्थानीय तहलाई ४८ लाख रुपैयाँका दरले वजेट खर्चको अख्तियारी पठाएको छ ।

अर्थले ७ सय ४४ स्थानीय तहलाई प्रति स्थानीय तह ४८ लाखका दरले कुल ३ अर्व ५७ करोड १२ लाख रुपैयाँ वरावरको अख्तियारी पठाएको हो । चालु आर्थिक वर्ष सकिएपनि फ्रिज नहुने व्यवस्था गरी उक्त वजेट सवै स्थानीय तहलाई निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत अम्बिका देवी सुवेदीका अनुसार स्थानीय तहले उक्त रकम स्थानीय संचित कोषमाा दाखिला गरी यसअघि पैदान गरिएको अख्तियारीको अधिनमा रहि खर्च गर्न सक्नेछन् । अर्थ मन्त्रालयले स्थानीय तहलाई खर्च गर्ने अख्तियारी यसअघि नै दिईसकेको छ ।

मन्त्रालयको निर्णय अनुसार दोलखाका ९ स्थानीय निकायले कुल ४ करोड ३२ लाख रुपैयाँ निकासा पाएका छन् ।

VIEWS: 141