दुई महत्वपुर्ण प्रसारण लाईन निर्माण सम्पन्न
२३ असार । दुई वर्षअघि सुरु भएको सय मेगावट क्षमताको दुई प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ ।
विद्युतीय उर्जाको अभावलाई कम गर्ने उदेश्यले नेपाल र भारत सरकारबीच उर्जा आदानप्रदान गर्ने समझौता अनुसार यो आयोजनाअन्तर्गतको प्रसारण लाइन निर्माण भएको हो ।
‘बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले महत्वपुर्ण आयोजना भएकाले द्रुत गतिमा काम भएको वताए । आयोजनाबारे गृह मन्त्रालयमा दिनहुँ रिपोर्टिङ गर्नुपथ्र्यो,’ केसरीले भने, ‘अत्यन्त महत्वपूर्ण आयोजना भएकोले नेपालको कुटनीतिक माध्यमबाट भारतीय प्रधानमन्त्रीकहाँ दैनिक रिपोर्टिङ हुने गरेको थियो ।’
बारास्थित रक्सौल–परवानीपुर ५० र सुनसरीस्थित कटैया–कुसहा ५० मेगावाट क्षमताको १३२र१३२ केभी प्रसारण लाइन निर्माण पुरा भएको हो । ३३ करोडको लगानीमा दुवै आयोजनाको काम भएको आयोजना स्रोतले जनायो ।
‘आयोजना पूरासँगै भारतलाई आवश्यक परेको बेला नेपालबाट १०० मेगावाट बराबरको विद्युत लिन सक्ने र नेपाललाई आवश्यक परे भारतबाट त्यत्तिनै बराबरको विद्युत आदानप्रदान गर्न सक्नेछ,’ आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले भने, ‘छोटो समयमा दुई देशीय हितको लागि महत्वपूर्ण काम भएको छ ।’