काग्रेसको आन्तरिक बिवाद मन्त्रि परिषद विस्तारको वाधक ः प्रवक्ता भुसाल

Thursday, July 6th, 2017 |

२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रमुख सत्तारुढ नेपाली काग्रेसका कारण मन्त्रिपरिषद विस्तारमा ढिालाई भएको आरोप लगाएकी छिन् ।

काँग्रेस भित्रको गुट, उपगुटको विवादले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको प्रवक्ता भुसालले बताइन् । बिहिवार भक्तपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तार हुन अझै हप्तारदश दिन लाग्न सक्ने उल्लेख गरिन् ।

मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको उनको भनाई छ । प्रवक्ता भुसालले संविधानको व्यवस्था वमोजिम निर्धारित मिति भित्रै सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दावी गरिन् । आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुने उनको विस्वास छ ।

VIEWS: 119