७ नम्वर प्रदेशको उर्जा लगाएतका क्षेत्रमा लगानी वढ्छ ? प्रधानमन्त्री देउवा

Tuesday, July 4th, 2017 |

१९ असार, धनगढी । प्रधानमन्त्री शेर वहादुर देउवाले सुदूरपश्चिमको कृषि, जलश्रोत, ऊर्जा, पर्यटन क्षेत्रमा सरकारले लगानी गर्ने वताएका छन् । उनले लगानी वृद्धि गरी यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउने वताए ।
धनगढीमा आयोजित एक कार्यक्रममा वोल्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रका नागरिकको जीवनस्तर उठाउन लगानी वृद्धिका साथै लगानीको प्रभावकारी कार्यान्वयन गर्ने समेत वताए ।

कार्यक्रममा बोल्दै भुतपूर्व भौंतिक पुर्वाधार तथा यातायात मन्त्री लेखराज भटट्ले उक्त क्षेत्र विकासका लागि सबै दलहरु दलगत स्वार्थभन्दा माथि उठ्न पर्ने बताए ।

त्यस्तै राष्टिय योजना आयोगका सदस्य तथा सुदुर पश्चीम बिकास आयोगका अध्यक्ष डा। प्रभु बुढाथोकीले भने यस क्षेत्रको बिकासका लागी लगानी बढाउन योजना आयोगका तर्फबाट प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।

VIEWS: 146