बैतडी जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला बनाउने अभियान तिब्र रुपमा संञ्चालन
चैत ७,बैतडी । नरी वडु । सुत्केरी व्यथाका कारण आमा र बच्चाको ज्यान जोखिमबाट मुक्त गर्न अहिले बैतडी जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला बनाउने अभियान तिब्र रुपमा संञ्चालन भईरहेको छ । ०७४ असार मसान्त सम्म जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषण गर्ने अभियान अनरुप अहिले साविकका गाविस अर्थात स्वास्थ्य संस्थाको क्षेत्राधिकार भित्र पर्ने ठाँउलाई सुरक्षित सुत्केरी घोषणा गर्ने कार्यक्रम तिब्र चलिरहेको हो ।
स्वास्थ्य संस्थाभन्दा बाहिर सुरक्षित प्रशुति एकाई केन्द्र स्थापन गरी सेवा प्रदान गर्ने बैतडी नेपालको पहिलो जिल्ला हो । प्रसुति रोग विषेसज्ञ डक्टर गुणराज अवस्थीले दुर्गमका पहाडी जिल्लाहरुमा स्वास्थ्य संस्था भन्दा बाहिर पनि प्रसुति सेवा केन्द्र स्थापना गरी सेवा दिनुपर्छ भन्ने अवधारणा अघि सारेका थिए । ६८ स्वास्थ्य संस्था रहेको बैतडी जिल्लामा १ सय २५ सुरक्षित प्रशुति सेवा केन्द्रहरु संञ्चालनमा छन् । उक्त प्रशुति केन्द्रहरुमा एक-एक जना अनमिहरुले सेवा प्रदान गरिरहेका छन् ।
गाँउ–गाँउमा सुरक्षित प्रशुति एकाई संञ्चालनमा आएपछि यहाँका महिलाहरु सुत्केरी व्यथाका कारण जोखिममा पर्नबाट बचेका छन् । विगत दुईवर्ष यतादेखि यस जिल्लामा सुत्केरी व्यथाका कारण कसैले पनि आमा तथा बच्चा गुमाउनुपरेको छैन् । अहिले जिल्लाका कुलाउँ, कुवाकोट, सकार र विशालपुर लगायतका साविकका गाविसहरु पुर्ण संस्थागत सुत्केरी घोषण भईसकेका छन् ।
अहिले जिल्लाका दुर्गम क्षेत्रमा रहेका सुरक्षित प्रसुति केन्द्रहरुमा रहेका अनमिहरुले २४ सै घण्टा प्रसुति सेवा दिने गरेको शिवनाथ गाँउपालिकाका अनमि लक्ष्मी थापाको भनाई छ । पछिल्लो समय स्थानीयमा प्रसुति गराउन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतनाको समेत विकास भएको थापाको भनाई छ ।
अकालमै बच्चा र आमाको ज्यान जोखिममा पर्न नदिन नेपाल भरीका आमाहरुले पनि सुरक्षित प्रसुति सेवा पाउनुपर्ने बैतडीको दुर्गम उदयदेव स्वास्थ्य चौकिका प्रमुख नरेन्द्र महताको भनाई छ ।बैतडीबाट सुरु भएको यो अभियान अहिले देशका विभिन्न क्षेत्रहरुमा पनि संचालनमा रहेको छ । सुत्केरी व्यथाको पीडालाई महसुस गरी दशैभरीका भगोलिक विकटताले दुर्गम अन्य जिल्लाहरुमा पनि स्वास्थ्य संस्था बाहेक सुरक्षित प्रसुति सेवा केन्द्रको अवधारणा लागु गर्न जरुरी छ ।