भुकम्पपिडितको गुनासो व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई

Friday, June 30th, 2017 |

१६ असार । काठमाण्डौँ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भुकम्पपिडितहरुको गुनासो व्यवस्थापन र सुनुवाई गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

भूकम्पीय आवास पुर्ननिर्माण आयोजनाले भूकम्पपिडितको बाँकी गुनासो व्यवस्थापन र सुनुवाईको अधिकार स्थानीय तहलाई दिनेगरी कार्यबिधि वनाएको छ । हालै लागु गरिएको पुर्ननिर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ मा वडा, गाउँ र नगरपालिकालाई यस्तो अधिकार प्रयोग गर्ने व्यवस्था गरिएको हो ।

कार्यविधिमा वडा, गाउँ, नगरपालिका प्रमुखको नेतृत्वमा गुनासो व्यवस्थापन समिति रहने उल्लेख छ । जसमा सम्बन्धीत वडा, गाउँ र नगरमा उपप्रमुख, उप संयोजक, प्राधिकरणवाट खटिएका ईन्जिनियर र नजिकको नेपाल प्रहरीको ईकाई प्रमुख सदस्य र कार्यकारी अधिकृत वा सचिव, सदस्य सचिवको भुमिकामा रहनेछन् ।

कार्यविधिमाा छुट्टी भिन्न भई अलग÷अलग घर बनाई बसोबास गरेको सर्जमिन मुचुल्काको आधारमा पुष्टि भएमा अलग÷अलग घर पुर्ननिर्माणका लागि त्यस्तो भूकम्प प्रभावित घरधनीलाई समेत छुट्टै घर परिवारमा गणना गर्न सकिने भनिएको छ ।

कार्यविधि हेर्नका लागि तल क्लीक गर्नुहोस्

file:///C:/Users/Dell/Desktop/gunaso_karyabidhi_2074-min.pdf

VIEWS: 181