स्थानीय तह दोस्रो चरणको निर्वाचन मतगणना हुँदै, प्रारम्भिक नतिजा आउन सुरु
१५ असार । काठमााण्डौँ । स्थानीय तह अन्तर्गत बुधवार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणा कार्य जारी छ ।
प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाको ३३४ स्थानीय तह मध्ये अधिकांसको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । ती स्थानीय तहका प्रारम्भिक मतपरिणाम समेत सार्वजानिक हुन थालेका छन् ।
दाङ, झापा, वर्दिया, रोल्पा, वाजुरा, संखुवासभा, प्युठान, नवलपरासि, मोरङ लगाएतका जिल्लामा मतगणना भैरहेको छ भने अन्यमा पनि मतगणनाको तयारी भैरहेको छ । दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका स्थानीय तहमा पनि काग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
तीन प्रदेशको ३५ जिल्लाका ३३४ स्थानीय तहका जम्मा ८ हजार ३६४ मतदान केन्द्रमध्ये वझाङको २ र सोलुखुम्वुको नेचा गाउँपालिका ६ वाहेक सवैमा मतदान भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत भन्दा वढि मत खसेको जनाएको छ ।