आत्माघाती वम विस्फोटमाा कैलालीमा नेकपा कार्यकर्ताको मृत्यु

Tuesday, June 27th, 2017 |

१३ असार । आफैले बोकेको वम विस्फोट हुँदा कैलालीमाा एक जना बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । निर्वाचनलाई प्राभवित पार्न आफैले बोकेको वम विस्फोट हुँदा २९ वर्षिय चन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति उक्त घट्ना भएको हो । आत्माघाती वम विस्फोटवाटट घााईते भएका सिंहलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएपछि मृत्यु भएको थियो ।

आफैंले बोकेको बम विस्फोटन हुँदा उनको शरिरको सम्वेदनशील अंग र शरिरका विभिन्न भाागम गम्भिर चोट लाग्नुका साथै हातका औला समेत चुडिएको थियो । मृतक सिंह धनगढी १२ जुगेडाका स्थानीयवासि हुन् । नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनको विरोधमा विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।
यता मंगलबार बिहानै झापाको दमक नगरपालिकाका मेयरका उम्मेदवार गगन पुरीको घरमाा बम भेटिएको छ । पुरीको घरदेखि १० मिटर पूर्वपट्टी बम भेटिएको दमक प्रहरीले जनाएको छ । उनी माओवादी केन्द्रवाट मेयरका उम्मेदवार हुन् । बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

VIEWS: 86