जिल्लासभाको बैठक राख्न निर्वाचन आयोगको निर्देशन, नेतृत्व चयनको वाटो खुल्यो

Monday, June 26th, 2017 |

१२ असार । काठमाण्डौँ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लामा तीन दिनभित्र जिल्लासभाको वैठक वोलाउन निर्वाचन आयोगले स्थानीय तहका अधिकारीहरुलाई निर्देशन दिएको छ ।

गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको बैठक राख्नुपर्ने सवैधानिक व्यवस्था छ । यद्यपी, बैठक कुन पक्षले बोलाउने भन्ने दुविधाका भएपछि गाउँसभा र नगरसभा गठन भइसकेका जिल्लाहरुका नेतृत्वविहिन अवस्थामा छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणमा स्थानीय विकास अधिकारीले बैठक राख्न सक्नेगरी पत्राचार गरिएको जानकारी दिए ।

संविधानले एक, एक जना प्रमुख र उपप्रमुख सहित समावेशी रुपमा ९ जना सदस्य रहने जिल्ला समन्वय समिति चयन गर्नुपर्ने भनेको छ । आयोगले भने आफ्नो जिल्ला समन्वय समिति कति सदस्यीय बनाउने भन्ने निर्णय गर्ने जिम्मा समेत निर्वाचित जिल्लासभाका सदस्यहरुलाई दिएको छ । जिल्लासभाको पहिलो बैठकले नै आफ्नो समिति कति सदस्य रहने टुंग्याउने वताईएको छ ।

जिल्लासभाको बैठक कसले बोलाउने भन्ने स्पष्ट व्यवस्था नभएकाले जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी प्रक्रिया बढाउनै समस्या आएकोलेत्यसलाई समाधान गर्न यस्तो निर्णय भएको शर्माले जानकारी दिए ।

VIEWS: 134