निर्वाचनमा विशेष सुरक्षा, ढुक्क भएर मतदान गर्नुस् ः गृहमन्त्री शर्मा

Monday, June 26th, 2017 |

–सपना थामी
१२ असार । काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि विशेष सुरक्षा लागु गरिएको भन्दै ढुक्कसँग मतदान गर्न सर्वसाधरणलाई अपिल गरेका छन् ।

राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा गृहमन्त्री शर्माले पहिलो चरणको निर्वाचनको अनुभवका आधारमा हरेक मतदान केन्द्रहरुको सुरक्षा व्यवस्था पहिले भन्दा परिमार्जित गरिएकाले ढुक्कसँग मतदान गर्न आग्रह गरे । आफुले देशैभरको मतदान केन्द्रहरुको अवलोकन गरिसकेको उल्लेख गर्दै शर्माले भने, नागरिक मतदानका लागि उत्साहित छन्, त्यसका लागि विशेष सुरक्षा योजना वनाईएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाहरु समेत खटाईने भएकाले निर्वाचन सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुने उनको विश्वास छ । मतपटिकाको सुरक्ष्ँित व्यवस्थापन तथा निर्वाचन पछिको सुरक्ष्ँित मतगणनाका लागि समेत आवश्यक सुरक्षा व्यवस्था मिलाईएको उनले बताए ।

निर्वाचन विथोल्न अवान्छित गतिविधि गर्न खोज्ने जो कोहीलाई कडा कारवाही गर्ने उनले चेतावनी दिँदै शर्माले सवै असन्तुष्ट समुहलाई निर्वाचनमा सहभागि गराउन २ नम्वर प्रदेशको निर्वाचन स्थगित गरिएको जिकिर गरे ।

२० वर्ष पछि हुन गईरहेको दोस्रो चरणको निर्वाचनलाई शान्त, भयरहित र निष्पक्ष ढंगबाट सम्पन्न गर्न गृहमन्त्री शर्माले सम्वद्ध सवै पक्षसँग सकारात्मक सहयोगको अपिल गरेका गरेका छन् । गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनले संघिय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको दास्रो चरणको निर्वाचन यही बुधबार हुदैछ । यी तीनवटा प्रदेशका ३५ जिल्लाहरुमा जम्मा ३ सय ३४ स्थानीय तहको नेतृत्वका लागि मतदाताहरुले मतदान गर्नेछन् । प्रदेश नं. ३, ४ र ६ मा भने पहिलो चरणमा नै निर्वाचन सम्पन्न भैसकेको छ ।

VIEWS: 158