उप-क्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा शुरु गरेपछि सेवाग्राही बढ्दै
चैत ७,डडेलधुरा । विमल जैरु । सुदूरपश्चिमको एक मात्र ठूलो अस्पताल उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा बिशेषज्ञ उपचार सेवा पछि सेवाग्राहीहरु बढदै गएका छन । दैनिक ५०–६० जना सम्म मात्र बिरामी आउने अस्पतालमा बिशेषज्ञ उपचार सेवा सुचारु सँगै उपचारका लागि ३०० सम्म आउन थालेका छन ।
अस्पतालमा विशेषज्ञ सेवा सुरु भएसंगै उपचारका लागि विरामीहरु बढढ्दै गएका हुन । बिगत दुई महिना देखि अबरुद्ध स्त्रिरोग , वालरोग , हड्डी तथा दाँतको उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका बिरामीहरु उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा पाएपछि खुसि भएका छन । बिशेषज्ञ उपचार सेवा सुचारु भए पछि सबैभन्दा बढि गर्भबती तथा सुत्केरी हुने महिलाहरु लाभान्वित भएको अस्पतालका स्त्रिरोग बिशेषज्ञ डा.नवराज जैसी जोशीले बताउनुभयो ।
अस्पतालमा अहिले २१ जना जति अन्य मेडिकल अधिकृतहरु पनि कार्यरत भएकोले आकस्मिक उपचार पनि सहज भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको सबैचन्दा ठूलो अस्पताल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अत्याधुनिक प्रयोगशाला , भिडियो एक्सरे , ईसिजि , माईनर तथा मेजर शल्यक्रिया , फिजियोथेरापी , फार्मेसी , एचआईभि संक्रमितहरुका लागि एआटी सेवा , परिवार नियोजन , क्षयरोग उपचार , भर्ना बिरामीलाई निशुल्क खाना लगायत सहुलियत सहितको प्रेषण सेवाहरु उपलब्ध हुन थालेका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट सेवाग्राहीहरु समेत डडेल्धुरा पुग्ने गरेका छन । तर अझै पनि मुटु , स्नायु रोगको उपचार लगायत धेरै सेवाहरु अस्पतालमा उपलब्ध हुन नसक्दा बिरामी अन्यत्र जानु पर्ने बाध्यता रहि आएको छ ।