पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा १२३ वढिको मृत्यु

Sunday, June 25th, 2017 |

११ असार । पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ भन्दा वढिको मृत्यु भएको छ ।
पाकिस्तानी संचारमाध्यमहरुका अनुसार बहावपुर सहरमा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको हो । बीबीसीले जनाएअनुसार दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

समाचारमा जननाईए अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेको वताईएको छ ।

आगलागीमा मृत्यु भएकाहरुको पहिचान गर्न सक्ने अवस्था नरहेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको बीबीसीले जनाएको छ ।

VIEWS: 111