द्धन्द्धपिडित परिवारलाई एकमुष्ठ पाँच लाख दिईदै

Saturday, June 24th, 2017 |

१० असार । दश वर्षे शसस्त्र युद्धका क्रममा ज्यान गुमाएका तथा वेपत्ताका परिवारजनले (आईतवार) भोलीदेखि पाँचलाख रुपैयाँ राहत पाउने भएका छन् ।
सरकारले दिने घोषणा गरेको एकमुष्ठ दश लाख मध्ये वाँकी पाँच लाख रुपैयाँ आईतवारदेखि वितरण गर्न लागिएको हो । जसका लागि ज्यान गुमाएका या वेपत्ताका परिवारजनले आवश्यक कागजात सहित जिल्ला स्थित शान्ति समितिको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । राहातका लागि नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणित प्रतिलिपी, चेकबुक, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, सम्बन्धित वडा कार्यालयको सिफारिस र निवेदन आवश्यक पर्नेछ ।

VIEWS: 162