सिन्धुपाल्चोकका निर्माण व्यवसायीको तामाकोसिमा मृत्यु

Wednesday, June 21st, 2017 |

७ असार । दोलखा । माथिल्लो तामाकोसि जलविद्युत आयोजना स्थलमा ट्रपरको ठक्करबाट सिन्धुपाल्चोकका एक निर्माण व्यवसायीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई दोलखाको विगु गाउँपालिका १ स्थित गोंगरमा फ्याँफुल्ला कन्स्ट्रक्सन सञ्चालन गर्दै आएका अन्दाजी ४५ वर्षीय विआर भट्टराईको मृत्यु भएको हो । चाईनिज कम्पनीको १३ नम्वरको ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार दिउँसो बाटो हिँडिरहेको अवस्थामा भट्राईलाई ट्रिपरले ठक्कर दिएको बताईएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

घटनाबारे थप अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अघि वढाईने दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले वताए ।

VIEWS: 63