आत्मासमर्पण पछि पूर्व आईजीपीहरु जेलमा

Wednesday, June 21st, 2017 |

७ असार, काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पुर्व दुई आईजीपी सहित चार जनालाई सर्बोच्च अदालत उपस्थित भएलगत्तै बुधवार जेल चलान गरिएको छ ।

जेल चलान हुनेमा पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठ रहेका छन् । उनीहरुलाई डिल्लीबजार कारगार चलान गरिएको हो ।

उनीहरुलाई बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेपछि अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सुडानको डार्फरमा पठाईने एपिसी खरिद प्रकरणमा भ्रष्टाचार ठहर गर्दै सर्बोच्च अदालतका निवर्तमान प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले उनीहरुलाई गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला गरेको थियो ।

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरी भने पक्राउ पर्न सकेका छैनन् ।

VIEWS: 89