प्राण गायो तर उखुको बक्यौता पाएनन् !
काठमाडौँ १५ पौष
चिनी उद्योगबाट उखुको बक्यौता रकम नपाएपछि मंसिर २८ देखी आन्दोलनमा संलग्न रहँदै आएका किसान राम भगतको बक्यौता रकम प्राप्त नहुँदै प्राण गएको छ । ३ वर्ष अघि विक्रि गरेको ऊखुको भुक्तानी अन्नपूर्ण सुगर मिलबाट नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका ६५ वर्षिय किसान भगतको हिजो हृदयघातका कारण मृत्यु भएको हो । .सर्लाही, रामनगर घर भएका उनको २४ लाख रुपैँया उखुको बक्यौता थियो भने १९ लाख रुपैँया बैँक ऋण थियो , तर उनले उखुको बक्यौता रकम प्राप्त नहुँदै प्राण त्याग्न पुगे ।
भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेपछि उनलाई अचानक हृदयघात भयो । त्यसपछि गंगालाल हृदयरोग अस्पतालमा भर्ना भएका उनको त्यहीँ मृत्यु भएको हो ।
उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रका अनुसार मंगलबार बिहान स्वास्थमा समस्या आएपछि उपचारको क्रममा उनको निधन भएको हो ।
सोमबार राति बिरामी परेका यादवलाई उपचारका लागि सुरुमा चाबहिलको हेल्पिङ ह्यान्डस् अस्पतालमा लगिएको र त्यहाँबाट रिफर गरेर सहिद गंगालाल अस्पताल पु¥याइएको उनले बताए ।
यादव यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय हुदै आएका थिए ।