कालिञ्चोक गाउँपालिकामा एम्वुलेन्स सेवा

Wednesday, June 21st, 2017 |

७ असार । दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पहिलो पटक एम्वुलेन्स सेवा संचालनमा आउने भएको छ ।

नेपाल स्थित भाारतिय दुतावासले उपलव्ध गराएको एम्वुलेन्सको चाबी बुधवार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले गाउँपालिका प्रमुख विन कुमार थामीलाई हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै गाउँपालिका प्रमुख थामीले छुट्टै संचालक समिति र कार्यबिधि वनाएर एम्वुलेन्स सेवालाई प्रभावकारी वनाउने वताए ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, माधव प्रसाद लम्साल, विगु गाउँपालिका प्रमुख युधिष्ठिर खड्का, कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक, जिल्ला समन्वय समिति दोलखाका आन्तरिक लेखा परिक्षक जगदिश अर्याल, उद्योग वाणिज्य संघ सिंगटी अध्यक्ष सुन्दर श्रेष्ठ लगाएतले एम्वुलेन्स सेवाले गाउँपालिकाका सर्वसाधरणलाई स्वास्थ्यउपचारका लागि ठुलो सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

कालिञ्चोक गाउँपालिकाका कार्यकारी अधिकृत नवराज ओलीका अनुसार सिंगटी अस्पताललाई स्टेशन वनाएर एम्वुलेन्स सेवा छिट्टै संचालनमा ल्याईनेछ । एम्वुलेन्स अभावमा कालिञ्चोक गाउँपालिकाका सर्वसाधरण अहिलेपनि विरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या वेहोर्दै आएका छन् ।

VIEWS: 425