दोलखामा ज्यान गुमाएका अमेरिकी सैनिकलाई दिईयो विरता पदक

Wednesday, June 21st, 2017 |

७ असार । नेपाली सेनाले २०७२ सालमा गएको विनासकारी भूकम्प लगत्तै उद्दारका क्रममा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका अमेरिकी सैनिकहरुलाई विरता पदक प्रदान गरेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी सैनिक जवानहरुको योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका हुन् ।

राजधानी स्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगोरी डी पाइप्समार्फत उक्त पदक प्रदान गरिएको हो । भूकम्पपछि उद्धारमा खटिएका वेला दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परि अमेरिकी सेनाका ६ जनासहित २ नेपाली सेनिक जवानहरुको ज्यान गएको थियो ।

प्रधानसेनापति क्षेत्रीले सरकारले २०७३ सालमा प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु समेत प्रदान गरेका छन् ।

VIEWS: 51