प्रदेश ५ मा कृषि पढेकालाई जागिरको अवसर !

Sunday, September 13th, 2020 |

 

काठमाडौँ २८ भदौ

प्रदेश नं ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ ।

प्रदेश ५ अन्तर्गतका १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।
प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ ।

शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।

VIEWS: 1567