मलको अभाव अझै १५ दिन रहने

Thursday, August 27th, 2020 |

 

 

काठमाडौ
भदौ ११

धान रोप्ने समय देखी देखीएको रासायनिक मलको अभाव अझै १५ दिन सम्म रहने मन्त्रालयले जनाएको छ ।
नेपाली वजारमा देखीएको रासायनिक मलको अभावका सम्वन्धमा स्वतन्त्र राष्ट्रिय अभियान कृषक महासंघका केन्द्रीय उपाध्यक्ष अयोध्या कुमार भट्टराईले कृषि मन्त्रालयका प्रवक्ता डा हरि वहादुर केसी सँग गर्नुभएको छलफलको क्रममा उक्त जानकारी दिएका हुन् ।

मल अयातका लागी मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेसनलाइ अनुमति दिएको छ । जसमा साल्ट टेड्रिङ कार्पोरेसनलाई कुल आयातको ३५ प्रतिशत र बाकि कृषि सामग्री कम्पनी लिमिटेड लाई दिएको थियो ।

कृषि मन्त्रालयले यस बर्षको लागी पनि आवश्यक पर्ने करिव ८ लाख मेट्रिक रासायनिक मल आयात गर्नको लागि कृषि समाग्री कम्पनि र साल्ट टेड्रिङ कार्पोरेसन जिम्मा लगाएको छ । जसमा अबको १५ दिन भित्र साल्ट टेड्रिङले आयात गर्ने २५ सय टन र कृषि समाग्रीले आयात गर्ने ५० हजार टन मल आउने र बजारमा देखीएको मलको अभाव समाधान हुने प्रवक्ता केसीले जानकारी दिए ।

प्रत्येक वर्ष मुख्य खाद्यान्न बाली धान लगाउने समयमा नै मलको अभाव हुदै आएको मा यस वर्ष भने कोरोना महामारीको कारण धान रोप्ने समयमा नै चरम अभाव भएको हो । मल आयातलाई व्यवस्थित गर्न मल वितरण व्यवस्थापन निर्देशिका २०७७ भर्खरै मात्र संसदबाट पारित भई आएको छ । जसमा यस अघिका वर्षहरुमा आयात कर्ता कम्पनीलाई प्रति मेट्रिक टन संचालन खर्च दिने गरेको मा अबका वर्षहरुमा मल आयातको कुल रकममा संचालन खर्च दिने, कृषि सामाग्री कम्पनि बाहेक अन्य निजी कम्पनिहरुलाई पनि मल आयातको लागि अनुमति दिने जस्ता विषयहरु उल्लेख भएका छन् ।
यस वर्ष सरकारले रासायनिक मलमा अनुदानका लागी करिव ११ अर्व रुपैया छुट्याइएको छ ।

VIEWS: 583