दरवारसँग वार्ता चलिरहेकै वेला हत्याकाण्ड ः प्रचण्ड

Wednesday, June 21st, 2017 |

६, असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजपरिवारसँग वार्ता चलिरहेका वेला हत्याकाण्ड भएको वताएका छन् । वीरेन्द्र शाहका भाइ धिरेन्द्रसँग प्रत्यक्ष कुराकानी भएको र राजा वीरेन्द्रसँग पनि वार्ताको प्रयास भैरहेको समयमा हत्याकाण्डको मञ्चन गरिएको उनले उल्लेख गरे । हामीले राजा वीरेन्द्रसँग वार्ताका लागि कोशिस गरिरहेका थियौं उनले भने वीरेन्द्रका भाइ धीरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो’ त्यहिवेला दरवार हत्याकाण्ड भयो । माओवादीले उठाउँदै आएको मागको सम्वोधनका सन्दर्भमा वार्ता प्रयास गरिएको उनले प्रष्टोक्ति दिए ।
पत्रकार महासंघका महासचिव उजीर मगरको पुस्तक अंशको विमोचन कार्यक्रममा मंगलबार उनले यस्तो वताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका उनले दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लिएको वताए । हत्याकाण्डले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्माएको उनको भनाई छ ।

VIEWS: 78