सलहले कपिलवस्तुमा धान र मकैमा क्षति पु¥यायो

Monday, June 29th, 2020 |

 

कपिलवस्तु १५ असार

आइतबार प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ ।

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्‍याएको जनाएको छ ।
नगरको ११ वडाका वडा सदस्य छबिलाल पराजुलीले सलहको ठूलो बथान आएको र यसले मकै र रोपेको खेतमा क्षति पुर्‍याएको जानकारी दिए ।

जिल्लामा सलह भेटिएको र क्षतिको विस्तृत विवरण आईनसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । । स्रोत ः अनलाइन खबर

VIEWS: 808