असार १० सम्म देशभर २० प्रतिशत रोपाँई

Friday, June 26th, 2020 |

 

काठमाडौँ १२ असार
असार १० गतेसम्म देशभर २० प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबारसम्म प्राप्त देशैभरको तथ्यांक अनुसार कुल दुई लाख ७५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान खेती भईसकेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए ।
असार १० गतेसम्म २० प्रतिशत रोपाइँ सम्पन्न भएको देशैभरको विवरण प्राप्त भएको छ,’ डा।केसीले भने ।

समयमै मनसुन सुरु भएकाले रोपाइँमा कुनै कठिनाई नभएको उनले बताए । नेपालमा कुल १३ लाख ७१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेको मन्त्रालयले जनाएको छ ।

कोरोनाकाकारण खेतीपातीका लागि जनशक्ति पनि प्रशस्त मात्रामा गाउँमा रहेकाले यसवर्ष धान लगायतका कृषि उत्पादन बढ्ने अपेक्षा मन्त्रालयको छ ।

जमिन बाँझो नराख्ने सरकारी नीति र कोरोनाकै करण पनि आत्मनिर्भर बन्नकालागि खेती गर्ने चलनमा उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण रसायनिक मल आयातमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले प्रयास गरिरहेको पनि जनाएको छ । स्रोत ः अनलाईन खबर

VIEWS: 732