ढुङ्गाघारी किबीबारीमा परिणत

Thursday, June 25th, 2020 |

 

 

इलाम ११ असार
सन्दरकपूरका तेजबाहदुर गुरुङको १० रोपनी जग्गामा केहि वर्ष अघि सम्म बारीभरि ढुङ्गा र केही उत्तिसका बिरुवा थिए । धेरै बारी त्यतिकै खेर गएको थियो । तर अहिले सो ढुङ्गाघारी नै हराभरा भएको छ ।
दश रोपनी घरबारीमा किवी लगाएर राम्रो आम्दानी गर्न थालेको तेजबाहादुर गुरुङ बताउँछन् ।

गुरुङले अहिले किवी खेतीबाट वार्षिक सात लाख रुपियाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । उनको यो ढुङ्गाघारी अहिले हराभरा किवी बारीमा परिणत भएको छ ।
गुरुङ हिजो आज बिहानदेखि साँझैसम्म खेतीमा नै व्यस्त हुन्छन् । नयाँ प्रजातिको खेती भएकाले हरेक विषयमा अध्ययन आफैँले गर्नुपर्ने उनि बताउँछन् । ‘यो खेतीको विषयमा उचित जानकारी दिने प्राविधिकको समस्या छ । ‘सुरुमा उनले युट्युबमा हेरेर नै सिके रपछि गर्दैजाँदा खेती गर्न केहि सहज हुदै गयो । केही प्राविधिक विषयमा कृषि ज्ञानकेन्द्र लगायतबाट जानकारी लिएँ ।’

‘यो क्षेत्रमा लगाएको अलैँची मासिएर गएपछि । त्यही खाली जमिनलाई उनले किवी खेतीमा परिणत गरेँ ।वि।सं। २०६८ सालदेखि छिन्तापु कृषि फर्म हाउस नै दार्ता गरी एलिसन जातको बिरुवा एउटा लगाएर सुरु गरेको किवी खेती अहिले सबैको अध्ययन गर्ने थलोजस्तै भएको छ । चैत १५ देखि किवीमा फूफ फुल्ने गर्दछ भने जेठ १५ सम्ममा दाना लागिसक्ने गरेको छ ।

भारतीय सेनाको जागिर सकेर घर फिर्दा बारीमा कस्तो खेती गर्न सकिन्छ भनेर खोजी गर्दैजाँदा किवी खेती गर्न सकिने सम्भावना देखेपछि दुई वर्षसम्म बारीका ढुङ्गा पन्छाउन लाग्यो । त्यसपछि माटो बनाउदै खेती गरेर अहिले जीवन धान्ने मात्र होइन राम्रो आम्दानी गर्ने माध्यम नै भएको छ, उहाँको किवी खेती ।

उहाँले किवी खेती गरेर राम्रो आम्दानी लिन सकेपछि आसपासमा अन्य धेरै किसानले समेत खेती सुरु गरे । जसका कारण चालु आर्थिक वर्षमा सन्दकपुर गाउँपालिकाले यो क्षेत्रलाई किवी खेती विकास गर्ने योजना नै अघि बढाएको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईका अनुसार यो क्षेत्रलाई किवी जोन क्षेत्र भनेर घोषणा गरिएको छ ।

किसानले उत्पादन गरेको किवी बारीबाट नै २५० देखि ३०० रुयियाँ प्रतिकिलोको दरले बिक्री हुने गरेको छ । एउटा बोटमा ४० किलोसम्म फल्ने गरेको छ । तर पनि बजार व्यवस्थित नहुँदा किसानले आफ्नै पहलमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । स्रोत गोरखापत्र दैनिक

VIEWS: 464