दोस्रो चरणको निर्वाचनमाा ६६ हजार ९ सय २३ जना चुनावी मैदानमा

Tuesday, June 20th, 2017 |

५ असार, स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६६ हजार ९ सय २३ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकामा जनप्रतिनिधिका लागि उक्त उम्मेदवारी परेको हो । स्थानीय तह नेतृत्व चयनका लागि असार १४ गते मतदान हुँदैछ । निर्वाचन आयोगमा प्राप्त आईतवार भएको उम्मेदवारी मनोनयन विवरण अनुसार ७ पदका लागि ६६ हजार बढी उम्मेदवारी परेको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार जिल्लाबाट प्राप्त तथ्यांकहरुलाई अन्तिम रुप दिने काम भइरकोले विवरण केही हेरफेर हुनसक्नेछ ।

दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । तीन प्रदेशमा वडा संख्या २ हजार ८ सय ७४ छन् । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । नगरप्रमुखरअध्यक्ष पदमा २ हजार ३ सय २७, उपप्रमुखरउपाध्यक्ष पदमा २हजार ७ सय ७६, वडाध्यक्षमा १४ हजार ७६, खुला सदस्यमा २२ हजार ३ सय ५०, महिला सदस्यमा ११ हजार ४ सय ५ र दलित महिला सदस्य पदमा १३ हजार ९ सय ८९ जनाको उम्मेदवारी परेको छ ।

पहिलो चरणमा २८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ पदका लागि भएको निर्वाचनमा ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको थियो ।

VIEWS: 95