असार १४ गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगले ग¥यो प्रस्ताव

Monday, June 19th, 2017 |

५, असार । निर्वाचन आयोगले असार १४ गते निर्वाचनको दिन सार्वजानिक विदा दिन प्रस्ताव गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा सार्वजनिक बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको हो ।

३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

यसैगरी प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएकाले चुनाव हुने दिन सार्वजनिक एवम संस्थागत विद्यालय र क्याम्पसमा असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आयोगले पत्रचार गर्ने तयारी गरेको छ ।

आयोगले सार्वजनिक वा संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइ दिन पनि आयोगलाई पत्र लेख्ने भएको छ ।

कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा रहेकाले मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराउन सम्वन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको छ ।

VIEWS: 72