यू १९ विश्वकप छनोटका लागि चयन भए खेलाडी

Monday, June 19th, 2017 |

५ असार । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली खेलडा चयन गरिएको छ । सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडी छनौट गरिएको हो ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आईतवार खेलाडीको छनोट गरेको हो ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

VIEWS: 565