काग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा एक जनाको मृत्यु

Sunday, June 18th, 2017 |

४ असार । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचझडप भएको छ । झडपका क्रममा स्थानीय हंश राउतको मृत्यु भएको हो।
झडपमा झण्डै एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छेढेदह गाउापालिकाको मनोनयन दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि सदरमुकाम ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

VIEWS: 87