बिप्लव समुह पनि चुनावमा ?
४ असार। रोल्पा । स्थानीय तह निर्वाचनको विरोध गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा मनोनयन दर्ता गराएको छ । स्थानीय चुनाव बहिस्कार गरेर उम्मेदवार अपहरणको क्रियाकलापमा समेत संलग्न देखिएको विप्लव समूहले रोल्पाको थवाङमा भने उम्मेदवारी दर्ता गराएको हो ।
थवाङ गाउँपालिकाको प्रमुखमा विप्लव नेतृत्वको समुहवाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता नभएका कारण घर्तीको स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ । उनी रोल्पाको उवा निवासी हुन् । विप्लव समुहवाट उम्मेदवारी दर्ता भएको विषयलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् ।
थवाङ माओवादी नेतृत्वमा संचालित दश वर्षे सशस्त्र युद्धको उदगम थलो हो ।
विप्लव समूहले उवाको वडा अध्यक्षमा पनि उम्मेदवार उठाउने तयारी गरेको वताईएको छ ।