स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरणको तयारी
४, असार । काठमाण्डौँ । स्वास्थ्य मन्त्रालयले आफु मातहतका स्वास्थ्य सँस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि वढढाएको छ ।
मन्त्रालयले स्वास्थ्यचौकी देखि जिल्ला अस्पतालहरु समेत स्थानीय तहलाई हस्तान्तरण गर्ने गृहकार्य अघि वढाएको हो । हस्तान्तरण पछि जिल्ला अस्पतालको नाम स्थानीय तहले परिवर्तन गर्न सक्नेछ । यसैगरी अब स्थानीय तहमा नयाँ अस्पताल स्थापनाको स्वीकृति, जनस्वास्थ्य सेवाको मापदण्ड, कार्य जिम्मेवारी, अनुगमन प्रकृया सहितको कार्ययोजना ३ महिनाभित्र बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने मन्त्रालयका अधिकारीहरुले वताएका छन् ।
यसैबीच मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु, आयुर्वेद विभाग अन्तरगतका आयुर्वेद केन्द्रहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ । मन्त्रालयले ती संस्थाहरु भएको भौतिक पूर्वाधारसँगै असार मसान्तसम्म जनशक्ति र भौतिक सम्पत्ति सहित स्थानीय तहलाई हस्तान्तरण गर्न लागेको हो ।