कुन विषय अध्ययनका लागि कति जीपीए आवश्यक ?
कुन विषय अध्ययनका लागि कति जिपीए ल्याउनुपर्छ भन्ने वारेमा धेरै विद्यार्थीलाई थाहा नहुन सक्छ । जानकारी अभाावकै कारण कतिपय विद्यार्थीहरु अन्यौलमा रुमल्लिएका पनि हुनसक्छन् । यो अन्योलता हटाउन कुन विषय अध्ययनका लागि कति जिपीए आवश्यक पर्छ ? हेर्नुहोस् ः
–विज्ञान समुह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाल, अंग्रेजी र सामाजिकमाा डी प्लस ।
–व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस ।
–मानविकी र शिक्षा समुह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस ।
–प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।
–ईन्जिनियरिङ्ग पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ।
–कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ।