अधबैँसेसँग सिपोराको प्रेम
२ असार २ । खेलाडीको रुपमा करिअर सुरु गरेकी पोखरेली सुन्दरी सिपोरा गुरुङले राष्ट्रिय टिममा परेर राम्रै नेम–फेम पनि बटुलिन् । घाइते भएपछि कोर्ट बाहिर हुँदा केही सुस्ताएकी सिपोरा नायिका बनेर फिल्म क्षेत्रमा छिरेपछि पुन चर्चा बटुलिन् । यतिवेला भने उनी एकजना अधबँैसे पुरुषसँगको प्रेमका कारण चर्चामा छिन् ।
रिलिजको तयारीमा रहेको फिल्म ‘भुइँमान्छे’ मा सिपोरा आफूभन्दा दोब्बर उमेरका पाका पुरुषसँग आकर्षित भएकी छन् । भुइँमान्छेको भूमिकामा अभिनय गरेका रमेश बुढाथोकीसँग सिपोराका रोमान्टिक सिनहरू देख्न पाइने भएको छ । त्यसो त वास्तविक जीवनमा लभ अफेयर्सका कारण कहिल्यै विवाद वा चर्चामा नआएकी सिपोराले फिल्ममा अधबैंसेसँग प्रेममा पर्नुको पछिको कारण भने साउन २० मा फिल्म रिलिजपछि नै थाहा होला । तर त्यसअघि भने सिपोराले बुढाथोकीसँग प्रेमाभावमा नाचेका दृश्यसहितको गीत भने फिल्म निर्माण पक्षले छिट्टै सार्वजनिक गर्ने घोषणा गरेको छ ।