३ नम्बर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने औपचारिक निर्णय

Friday, January 10th, 2020 |

२५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीबारे औपचारिक निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदिय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो ।

यसअघि पार्टी केन्द्रीय सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । बैठकमा असन्तुष्ट सांसदहरुले भने आफ्नो फरक मत राखेका छन् ।

VIEWS: 513