महासंघको भवन निर्माणका लागि दक्षिण कोरियाबाट ५० हजार सहयोग
१२ पुष, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि दक्षिण कोरियाका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दोलखाली समाज दक्षिण कोरियाको पहलमा रोजगारीको शिलशिलामा दक्षिण कोरिया रहेका दोलखालीहरुले पचास हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
उक्त सहयोग रकम दोलखाली समाज दक्षिण कोरियाका उपाध्यक्ष अंकित कार्की र सहसचिव राजकुमार दाहालले महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामालाई शनिवार हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै दोलखाली समाज दक्षिण कोरियाका उपाध्यक्ष अंकित कार्कीले पत्रकार महासंघ दोलखाको भवन निर्माणमा सहयोग पुगोस भन्ने उद्धेश्यकासाथ सहयोग गरेको बताए ।
महासंघको निर्माणाधीन भवनमा अहिले बत्ती जडान र फर्निसिङको कार्य भईरहेको छ । सरकारी तथा गैरसरकारी संस्था र व्यक्तिगत सहयोगमा महासंघको सुविधासम्पन्न भवनको एकतला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।