एसईईमा चार जीपीए ल्याउनेहरु

Saturday, June 17th, 2017 |

२ असार । रामेछाप र रुपन्देहीका दुई छात्रहरुले यो वर्षको एसईई परिक्षामा चार जीपीए ल्याउन सफल भएका छन् । रामेछाप घर भई हाल सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार वस्दै आएका १५ वर्षीय मनिष चौलागाईं जीपीए अंक प्राप्त गर्न सफल भएका हुन् । महेन्द्र विद्या आश्रम सेकेन्डरी बोडिङ्ग स्कुलमा अध्ययनरत चौलागाईंले विहिवार प्रकाशित एसईईको नतिजामा ४ जीपीए ल्याएका हुन् ।

यसैगरी यो वर्षको एसईईमा रुपन्देहीको रामापुर रिभाइवल बोर्डिड स्कुलका विद्यार्थी आदर्श पाण्डेले ४ जिपिए ल्याई उतिर्ण भएका छन् । ०४८९९५३ आई सिम्बोल नम्बर भएका उनले ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले जानकारी दिए । मध्ययम वर्गीय समुदायका आदर्शका बाबु र आमा दुवै शिक्षक हुन् ।

VIEWS: 26