सडक निर्माणको ढिलासुस्ती बिरुद्ध शंख फुकिँदै

Friday, November 29th, 2019 |

१३ मंसिर, दोलखा । लामोसाँघु जिरी सडक अन्तर्गतको मुडे–चरिकोट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै दोलखा जिल्लाबासिले ठेकेदारको नाममा शंख फुस्ने कार्यक्रम तय गरेका छन् । नागरिक समाजको अगुवाईमा जारी आन्दोलन अन्तर्गत शनिवार जिल्लाबासिले ठेकेदारको नाममा शंख फुक्ने कार्यक्रम राखेका हुन् ।

सडक निर्माण कार्य छिटो सम्पन्न गराउन दबाव स्वरुप जिल्लाबासि ठकेदार कम्पनी विरुद्ध चरणबद्ध आन्दोलनमा छन् । जस अन्तर्गत भोली विहान शंख फुकेर दबाव कार्यक्रम गर्न लागिएको हो ।

यसअघि सडक अलपत्र पार्ने निर्माण व्यवसायीको फोटो गाडीमा टाँस्नुका साथै मानव साङलो र सिठ्ठी जुलुस प्रदर्शन गरिएको थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माण कार्य अलपत्र परेपछि जिल्लाबासिले बर्षौँदेखि सास्ती ब्यहोर्दै आएका छन् ।

VIEWS: 244