गौरीशंकर क्याम्पसको संचालक समिति पुर्नगठन, अध्यक्षमा पुनः मानन्धर
९ मंसिर, दोलखा । दोलखा जिल्लाकै जेठो गौरीशंकर बहुमुखि क्याम्पस संचालक समितिको अध्यक्षमा पुन राजेन्द्र मानन्धर चयन भएका छन् । क्याम्पसको सोमवार सम्पन्न प्रथम सभाले मानन्धरको नेतृत्वमा १७ सदस्यीय संचालक समिति चयन गरेको हो ।
समितिको सदस्यहरुमा गोपाल न्यौपाने, मुरारीराज शिवाकोटी, शंकरलाल श्रेष्ठ, बालकृष्ण बस्नेत, रमेश खतिवडा, घनश्याम रिजाल, श्रीकृष्ण बस्नेत, गोविन्द मानन्धर, नवराज न्यौपाने, माधव प्रसाद सुवेदी, हरिशरण शिवाकोटी, लक्ष्मी भुजेल, अमृत राउत लगाएत छन् ।
सभाले संस्थापक, शिक्षकशिक्षिका, जिल्ला शिक्षा समन्वय ईकाई, जिल्ला समन्वय समिति, नगरपालिका सहित सरोकारवाला निकायहरुको प्रतिनिधित्व हुनेगरी संचालक समिति गठन गरेको हो । यसअघि त्रिभुवन विश्व विद्यालयले मानन्धरलाई ३ वर्षका लागि संचालक समितिको अध्यक्षमा नियुक्ति दिएको थियो ।
उक्त कार्यकाल सकिएपछि हाल शंसोधित विद्यान अनुसार क्याम्पस सभाबाट नयाँ समिति चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष मानन्धर जिल्लाका अग्रज पत्रकार समेत हुन् । मानन्धरको नेतृत्वमा जनसहभागिताबाट क्याम्पसको भवन पुर्ननिर्माण कार्य अघि बढेको छ ।