सिके राउत र महन्थ ठाकुरबीच किन भयो गोप्य वार्ता ?

Saturday, June 17th, 2017 |

३ असार, काठमाडौं । सरकारसँग वार्ता चलिरहेकै वेला राजपाका शीर्ष नेताहरुले विवादित नेता सिके राउतसँग भेट्ना थालेका छन् ।

यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित वार्ता भएको सार्वजानिक भएको छ । सहकार्यको सम्भावनाको खोजी गर्न वार्ता भएको पुष्टि दुवै पक्षले गरेका छन् ।
चुनावक्रममा मधेसवादी दलबीच राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिष्पर्धा नै रहेको संबद्ध स्रोतले बताएको भन्दै आजको अन्नपूर्ण पोस्ट दैनिकमा चिरञ्जीवी ढुंगानाले खबर लेखेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक लिखित प्रस्तावसमेत पठाएको दाबी गरे ।
महतोले भने, ‘हामीले राजपासँग मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरु सत्ता स्वार्थका कारण क्लियर हुनुहुन्न ।’

VIEWS: 44