जिरीमा भालुको आक्रमणमा परी एक वृद्ध घाईते

Monday, November 4th, 2019 |

१८ कात्तिक, दोलखा । दोलखाको जिरी नगरपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध घाईते भएका छन् । जिरी नगरपालिका वडा नम्वर १ च्यबुके निवासि ७४ वर्षिय पदम बहादुर खड्का गम्भिर घाइते भएका हुन् ।

घर नजिकैको बारीमा हलोजुवा लिन जाने क्रममा खड्कामाथि एक्कासि जंगली भालूले आक्रमण गरेको प्रहरीले जनाएको छ । भालुको आक्रमणबाट खड्काको घाँटी, टाउको, मुख र निधारमा चोट लागेको छ ।

उनलाई जिरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डाँै पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

VIEWS: 430