सांसद गुरुङलाई अदालतले दियो सफाई

Sunday, October 20th, 2019 |

२ कात्तिक, काठमाण्डौँ । कर्तव्य ज्यान उद्योगको आरोप लागेका दोलखाका प्रतिनिधि सभा सांसद पार्वत गुरुङलाई अदालतले सफाई दिएको छ ।

काठमाण्डौँ जिल्ला अदालतले थुनछेकको बहसपछि गुरुङलाई साधरण तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासले सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

सांसद गुरुङ आईतवार विहान आफुमाथि लागेको आरोपबारे वयान दिन काठमाण्डौ जिल्ला अदालत पुगेका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु टिकाराम भट्टराई, रमेश बराल, प्रविण प्रधान र करुणाकर्ण मल्लिकले गुरुङको पक्षमा बहस गरे ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ निवासि बिरध्वज खड्काको किटानी जाहेरीका आधारमा सांसद गुरुङलाई अदालतले उपस्थित हुन पत्राचार गरेको थियो ।

VIEWS: 5183