दोलखाका करिव दुई दर्जन विद्यार्थी उत्कृष्ट

Saturday, June 17th, 2017 |

२०७३ सालको एसइइ परीक्षाको नतिजा अनुसार दोलखाका करिव दुुई दर्जन विद्यार्थीले उच्च अंक प्राप्त गरि उतिर्ण भएका छन् । नतिजाअनुसार दोलखा जिल्लाबाट २३ जनाले ए प्लस अर्थात जीपीए ३.६ देखि ४ प्राप्त गर्न सफल भएका हुन् । त्यस्तै ग्रेड ए अर्थात जीपीए ३.२ देखि ३.६ ल्याउने विद्यार्थीको संख्या १ सय २७ रहेको छ भने ग्रेड बी प्लस अर्थात जीपीए २.८ देखि ३.२ ल्याउनेमा ३ सय २४ जना रहेका छन् । ग्रेड बी अर्थात जीपीए २.४ देखि २.८ ल्याउने ६ सय ३६ जना, ग्रेड सी प्लस अर्थात जीपीए २ देखि २.४ ल्याउने १ हजार १ सय ६९, ग्रेड सी अर्थात जीपीए १.६ देखि २ ल्याउने १ हजार ११ जना, ग्रेड डी प्लस अर्थात जीपीए १.२ देखि १.६ ल्याउने १ हजार २ सय ८९ जना र ग्रेड डी अर्थात जीपीए ०.८ देखि १.२ सम्म ल्याउने २२ जना रहेका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ९२ जनाको भने नतिजा स्थगित भएको छ ।

VIEWS: 25