भिमेश्वर बहुउद्देश्यीय सहकारीको आर्थिक कारोवार ३३ करोड ३९ लाख नाघ्यो
नविन कुमार खतिवडा
१ कात्तिक, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका १, भिरकोट स्थित भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आर्थिक कारोबार ३३ करोड नाघेको छ । सहकारीको २१ औ बार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष बलराम कार्कीले संस्थाको कुल ३३ करोड ३९ लाख ८५ हजार ४ सय ६ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रममा संस्थाका सचिब सिताराम उप्रेतीले सञ्चालक समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक दिपेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरे । सहकारीका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षता मा भएको भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेश ३ का माननीय सांसद विशाल खड्काले सहकारी संस्थाहरुको विकासका लागि निति निर्माण तहमा कुनै कसर बाकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन ।
संस्थाले बचत संकल र ऋण लगानीका अलवा पशुपन्छि पेलेट दाना उद्योग को स्थापना गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ।
संस्थाले बार्षिक साधारणसभाको अवसरमा जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट उद्यमी लगायतका विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ।
कार्यक्रममा तामाकोसी गाउँपालिकाका १ का वडा अध्यक्ष महेश्वर काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थामा हाल ६ हजार ५१ जना शेयर सदस्य रहेका छन।